न्युजिल्याण्डविरुद्ध अपराजित नेपालको यात्रा

न्युजिल्याण्डविरुद्ध अपराजित नेपालको यात्रा

केन्द्रबिन्दु
0
Shares

शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू भएको आइसिसी यू-१९ विश्वकपको १५औं संस्करणअन्तर्गत नेपाली क्रिकेट टोलीले भोली अर्थात् आइतबार न्युजिल्याण्डसँग खेल्दैछ। ८ वर्षपछि युवा विश्वकपमा फर्किएको नेपालले आठौंपटक प्रतिस्पर्धा गर्दैछ ।

नेपालको समूह डीमा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालका तीन वटै प्रतिद्वन्द्वी यसपटकका उपाधि दाबेदार टोली हुन् । नेपालले समुहको पहिलो खेल आइतबार न्युजिल्यान्डविरुद्ध खेल्दैछ । यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो । इतिहास हेर्ने हो भने न्युजिल्याण्ड नेपालका लागि ‘फेभरेट’ टोली हो । यसअघि नेपाल र न्युजिल्याण्ड विश्वकपमा दुई पटक आमनेसामने भएकामा दुवै पटक नेपालको पक्षमा नतिजा आएको छ ।

इतिहास हेर्ने हो भने न्युजिल्याण्ड नेपालका लागि ‘फेभरेट’ टोली हो । यसअघि नेपाल र न्युजिल्याण्ड विश्वकपमा दुई पटक आमनेसामने भएकामा दुवै पटक नेपालको पक्षमा नतिजा आएको छ ।

नेपाल र न्युजिल्यान्डबीच पहिलो खेल सन् २००६ को विश्वकपमा भएको थियो । श्रीलंकामा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास नै रचेको थियो । कनिष्क चौगाइँको कप्तानीमा रहेको नेपालले मार्क इलिसनको कप्तानीमा रहेको न्युजिल्याण्डलाई १ विकेटले हराएको थियो। न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू–१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा पनि राजु रिजालको कप्तानीमा रहेको नेपालले जोस फिन्नीको कप्तानीमा रहेको न्युजिल्याण्डलाई ३२ रनले पराजित गर्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो । त्यसबेला खेलेका कुशल भुर्तेल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी हाल राष्ट्रिय टोलीका सदस्य छन्।

संयोग नै मान्नुपर्छ, अब आठ वर्षपछि नेपालले पुनः न्युजिल्यान्डसँग नै प्रतिस्पर्धा गर्दैछ । के योपटक पनि नेपालको अपराजित यात्रा कायम राख्न सक्ला त भन्ने आम नेपाली क्रिकेटप्रेमीको चासोको विषय बनेको छ ।

विश्वकप सुरु हुनु २ साताअघि दक्षिण अफ्रिका पुगेको नेपाली युवा टोलीले अभ्यास खेल खेल्दै त्यहाँको कन्डिसनसँग परिचित हुने अवसर पाएको छ। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रह्यो। नेपालले स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई पराजित ग¥यो। वेस्ट इन्डिजविरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो । टिममा सिनियर टिमको अनुभव भएका कप्तान देव खनाल र गुल्सन झा हुनु नेपाली टिमको बलियो पक्ष हो ।

एसोसिएटसँगै टेस्ट टोली जिम्बावे, भारत, पाकिस्तान, वेस्टइन्डिज लगायतका विश्वका स्टार खेलाडीसँग खेलेको अनुभव गुलशन झासँग छ ।

सिनियर टोलीका अलराउन्डर गुलशन झाबाट नेपाली टोलीले ठूलो अपेक्षा गरेको छ । उनले अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध शतक हानेका थिए । पछिल्लो एक वर्षदेखि नेपाली टोलीबाट खेल्दै उनले अलराउन्ड प्रदर्शन गरेका छन् । एसोसिएटसँगै टेस्ट टोली जिम्बावे, भारत, पाकिस्तान, वेस्टइन्डिज लगायतका विश्वका स्टार खेलाडीसँग खेलेको अनुभव उनीसँग छ । त्यसैले मध्यक्रममा उनको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।अर्कोतर्फ दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । गुलशनको बलमा गति र वाउन्स हुँदा टोलीलाई जिताउन उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । पछिल्लो समय टेस्ट टोलीसँग खेल, सिनियर टोलीबाट दबाबमा राम्रो प्रदर्शन र दक्षिण अफ्रिका कन्डिसन उनलाई मिल्ने किसिमको हुँदा नेपालबाट सानदार प्रदर्शन गर्न सक्छन् । यता कप्तान देव खनाल पनि सिनियर टोलीबाट अनुभव बटुलिसकेका कारण ठूलो इनिङ्सको योगदान दिन सक्छन् । अर्जुन कुमाल र दिपेश कँडेल पनि नेपालका प्रमुख हतियार हुन् ।

तर, आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहो-याउन सजिलो भने हुने छैन । न्युजिल्यान्ड यू–१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यका साथ आइतबार मैदानमा उत्रने छ । यसपटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको टोली हो । किनभने न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड–१९ का कारण नाम फिर्ता लिएको थियो । जसका कारण उसले एशिया–प्यासिफिक क्वालिफायर मार्फत् सन् २०२४ को विश्वकपमा स्थान बनाएको थियो । न्युजिल्यान्डले विश्वकपअघि खेलेका ५ खेलहरुमध्ये दुई खेलमा जित २ खेलमा हार र एक खेल पानी परेका कारण रद्ध भएको थियो । योपटक न्युजिल्यान्डले विश्वकपमा ब्याट र बल दुबै मार्फत उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेको छ । तर, नेपालको लक्ष्य सुपर सिक्स रहेको कारण न्युजिल्याण्डलाई हराउँदै सुखद् सुरुवात गर्नुपर्ने हुन्छ । उक्त क्षणका लागि नेपाली टोली र नेपाली क्रिकेट प्रेमी आतुर छन् ।

नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।

Logo