यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुआत गरेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। जवाफमा अफगानिस्तानको टोली २६.२ ओभरमा १०३ रनमा समेटियो।

पाकिस्तानका लागि शाहजेव खानले शतकीय पारि खेले। उनले १०६ रन बनाउँदा कप्तान साद बागले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए। यसैगरी रइज उल्लाहले ४६ रन बनाउँदा उविद साहले २२ तथा सयमुल हुसेनले १७ रन जोडे।
अफगानिस्तानका खलिल अहमदले ४ विकेट लिँदा बसिर अहमदले २ विकेट हात पारे।

२८५ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले कुनै पनि बेला पाकिस्तानमाथि दबाब बनाउन सकेन। अफगानिस्तानका नुमान साहले २६ रन बनाउँदा रहिमुल्लाह जुर्माटी र सोएल खानले २०–२० रन बनाए।

हुसेन इसाखिलले १९ रन बनाउनु बाहेक अरुले विर्सन लायक प्रदर्शन गरे। पाकिस्तानका उविज साहले सर्वाधिक ४ विकेट लिँदा मोहम्द जेसनले ३ विकेट हात पारे।

जितसँगै पाकिस्तानले समूह डीमा २ अंक बनाएको छ। यो समूहमा नेपाल पनि रहेको छ। नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।

Logo