इपीएल फुटबलमा ब्रेन्टफोर्डको पुनरागमन

इपीएल फुटबलमा ब्रेन्टफोर्डको पुनरागमन

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले पुनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा नटिङघम फरेस्टलाई ३–२ गोलको जित निकाल्न सफल भएकाे हाे।

तेस्रो मिनेटमै पछि परेको ब्रेन्टफोर्डले उत्कृष्ट पुनरागमन गर्न सफल भयो। तेस्रो मिनेटमा नटिङघमका लागि डानिलोले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको १९ औं मिनेटमा इभान टोनीले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फरेष्टले एक गोल गर्दा ब्रेन्टफोर्डले दुई गोल गरेको हो।

खेलका ५८ मिनेट बेन मि र ६८ औं मिनेट निल मौपेले ब्रेन्टफोर्डका लागि गोल गर्दा ६५ औं मिनेटमा क्रिश वुडले फरेष्टका लागि गोल गरे। ब्रेनफोर्ड २० खेलबाट २२ अंकका साथ १४ औं र नटिङघक फरेष्ट २१ खेलबाट २० अंकका साथ १६ औं स्थानमा रहेको छ।

Logo