अन्तिम टी–२० मा पाकिस्तान विजयी

अन्तिम टी–२० मा पाकिस्तान विजयी

केन्द्रबिन्दु
0
Shares

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ। सिरिजको अन्तिम तथा पाँचौं खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो। जवाफमा न्युजिल्यान्डको टोली १७.२ ओभरमा ९२ रनमै सिमित भयो। तर, यो हारका बाबजुद न्युजिल्याण्डले यो सिरिज ४-१ ले जितेको छ। उत्कृष्ट बलिङका लागि इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच र फिन एलेन (२७५ रन) प्लेयर अफ द सिरिज चुनिए।

पाकिस्तानका कप्तान शाहिन अफ्रिदीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। पाकिस्तानी टोलीले यो खेलमा युवा ब्याट्सम्यान साम अयुबलाई रोकेर उनको स्थानमा हसिबुल्लाह खानलाई डेब्यु गर्ने मौका दिएको थियो। तर उनी खाता नखोलेर आउट भए। त्यसपछि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ३८ बलमा ३८ रन बनाएर इनिङ्सलाई सम्हाले। बाबर आजमले मात्र १३ रन बनाउन सके।

मध्यक्रममा फखर जमानले १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको इनिङ खेले। यसबाहेक साहिबजादा फरहानले १४ बलमा १९ रन बनाएर टोलीलाई संघर्षपूर्ण स्कोरमा पुर्याए। न्युजिल्याण्डका टिम साउथी म्याट हेनरी र इश सोढीले दुई-दुई विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको टोलीले नियमित अन्तरालमा विकेट गुमायो। कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। फिन एलेनले १९ बलमा २२ रन र ग्लेन फिलिप्सले २२ बलमा २६ रन बनाए पनि बाँकी ब्याट्सम्यान पूर्णरूपमा फ्लप भए। जसको कारण टोली ९२ रन बनाएर आउट भएको थियो।

पाकिस्तानका लागि कप्तान शाहिन अफ्रिदी र मोहम्मद नवाजले दुई-दुई विकेट लिए। इफ्तिखार अहमदले मात्र २४ रनमा ३ विकेट लिए । विश्वकप २०२३ पछि कुनै पनि फर्म्याटमा पाकिस्तानको यो पहिलो जित हो।

Logo