न्युजिल्यान्डविरुद्ध गुल्सन झाले लगातार २ विकेट लिएपछि नेपाललाई राहत

न्युजिल्यान्डविरुद्ध गुल्सन झाले लगातार २ विकेट लिएपछि नेपाललाई राहत

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि गुल्सन झाले लगातार २ विकेट लिएपछि राहत मिलेको हो । उनले ४२औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार २ विकेट लिएका हुन् । ज्याक कमिन्स र स्ट्याकपोललाई शून्य रनमा क्याच आउट गराउँदै पवेलियन फर्काएका हुन् ।

हाल न्युजिल्यान्डले ६ विकेट गुमाउँदै २४२ रन बनाएको छ ।

Logo