रेड्डीको शतकमा न्युजिल्यान्डले दियो ३०३ रनको लक्ष्य

रेड्डीको शतकमा न्युजिल्यान्डले दियो ३०३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको हो । न्युजिल्यान्डका लागि स्नेहित रेड्डीले सानदार शतकीय इनिङ्स खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्काको मदतमा १४७ रन जोडे । उनी अविजित रहे । त्यस्तै, कप्तान ओस्कार ज्याक्सनले ७५ रन जोडे । उनीहरुबीचको पार्टनरसिप नै नेपालको लागि घातक बन्न पुग्यो ।

बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिए । त्यस्तै, गुल्सान झाले २ विकेट तथा आकाश त्रिपाठी, दिपेश कँडेल र तिलक भण्डारीको नाममा एकएक विकेट रह्यो ।

Logo