पीएम कपमा आज तीन खेल हुँदै

पीएम कपमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदैछ।

त्यस्तै अर्को खेल टियु मैदानमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच हुँदैछ।

अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन्। सुदूरपश्चिम र पुलिस क्लबले आफ्ना ३-३ खेल जितेर ६-६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले ५-५ खेलमा ३-३ खेल जितेर ६-६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन्। त्यस्तै एपीएफ क्लबले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा २ अंक हासिल गरेर ४ अंकसहित छैटौं स्थानमा रहेको छ।

त्यस्तै कर्णाली प्रदेश ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ। त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

Logo