एएफसी कपः साउदी अरेबिया अन्तिम १६ मा

एएफसी कपः साउदी अरेबिया अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- एएफसी एसिया कप फुटबलमा साउदी अरेबियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ। समूह एफमा रहेको साउदी अरेबियाले लगातार २ खेलमा जित निकाल्दै एक खेल अगाडि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

आइतबार राति भएको खेलमा साउदीले कीर्गिस्तानलाई २–० गोल अन्तरले पराजित गर्न सफल भयाे। साउदी अरेबियाका लागि मोहमद इब्राहिम कान्नो र फैजल अल घमाडीले एक–एक गोल गरे।

कतारमा जारी प्रतियोगिता अन्तर्गत नवौं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सीमित भएको थियो। उसका ऐजर अकमातोवले रातो कार्ड पाउँदै मैदान छाडेका थिए। १० खेलाडीमा सीमित साउदीले खेलको ३५ औं मिनेटमा मोहम्मदले साउद अब्दुल्लाह हमिदको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।

५२ औँ मिनेटमा फेरि कीर्गिस खेलाडी किमी मेर्कले रातो कार्ड पाए। ९ खेलाडीमा झरे पनि कीर्गिस्तानविरुद्ध साउदीले दोस्रो गोल गर्न भने ८४ औँ मिनेट कुर्नु परेको थियो। साउदीका फैजल घमाडीले गोल गरेपछि २–० को जितका साथ अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो।

यही समूहमा रहेका ओमान र थाइल्याण्डले भने गोलरहित बराबरी खेल्दै एक–एक अंक लिएका छन्। ओमानले पहिलो अंक लिँदा थाइल्याण्ड भने अपराजित यात्रा कायम राख्न सफल भयो।

यस लिगमा साउदी अरेविया ६ अंकका साथ शीर्ष स्थानमा रहँदा थाइल्याण्ड ४ अंकका साथ दोस्रो स्थानमा छ। यसैगरी ओमानको १ अंकमात्रै छ भने कीर्गिस्तानले खाता खोलेको छैन। समूह चरणको अन्तिम खेलमा कीर्गिस्तान र ओमान तथा साउदी र थाइल्याण्ड भिड्नेछन्।

Logo