वेरडेरसँग बायर्न म्युनिख स्तब्ध

वेरडेरसँग बायर्न म्युनिख स्तब्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख वेरडेरसँग स्तब्ध भएको छ। गएराती सम्पन्न खेलमा वेरडेरले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो।

वेरडेरको गोलमा खेलको ५९औं मिनेटमा मिचेल वाइजरले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो। यो हारले बायर्न म्युनिख लिगमा शिर्ष स्थानमा रहेको लिभर कुसेनभन्दा ७ अंकले पछाडी परेको छ।

एक खेल बढी खेलेको लिभरकुसेन १८ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा छ भने बायर्न १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी वेरडेरको भने १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ।

Logo