थेम्बाको ह्याट्रिकमा नामेबियाविरुद्ध दक्षिण अफ्रिकाको सहज जीत

थेम्बाको ह्याट्रिकमा नामेबियाविरुद्ध दक्षिण अफ्रिकाको सहज जीत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ- अफ्रिका कप अफ नेशन्समा दक्षिण अफ्रिकाले पहिलो जित निकालको छ। आइतबार राति भएको खेलमा नामेबियामाथि ४–० को एकतर्फी जित निकालेको हो।

दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले ह्याट्रिक गर्दा पेर्सी टाओले एक गोल थपेका थिए। १४ औं मिनेटमा पेर्सीले पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाए।

२५ औं मिनेटमा थेम्बाले व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा थेम्बाले दोस्रो गोल गर्दा दक्षिण अफ्रिका पहिलो हाफमा ३–० को सहज अवस्थामा पुगेको थियो।

थेम्बाले ७५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा ४–० को सहज जित निकाल्न सफल भयो। समूह ईमा यो जितपछि दक्षिण अफ्रिका ३ अंकका साथ दोस्रो स्थनमा रहेको छ। माली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा नामेवियाको पनि ३ अंक रहेको छ। यसैगरी ट्युनेसियाको १ अंकमात्रै छ।

समूह एफ अन्तर्गत आइतबारका दुवै खेल बराबरीमा टुंगिएका छन्। मोरक्को र कंगो तथा जाम्बिाय र तान्जेनियाले एक एक गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन्।

यो समूहमा मोरक्को ४ अंकका साथ शीर्ष स्थानमा छ भने कंगो र जाम्बिाय समान दुई-दुई अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। तान्जेनियाले भने एक अंक मात्रै लिएको छ।

Logo