अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ- स्पेनिस ला- लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा खेलको ९९औँ मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरेका थिए। यस अघि रियलले २-० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो। रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए।

त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो। अल्मेरियाका लागि लार्गी रमाजानी र एडगर गोन्जालेजले एक-एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ।

Logo