लिभरपुललाई ५ अङ्कको अग्रता

लिभरपुललाई ५ अङ्कको अग्रता

केन्द्रबिन्दु
0
Shares

लण्डन – बोर्नेमाउथमाथि ४–० को शानदार जीत हासिल गर्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेज र डिएगो जोटाले दुई–दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९ औँ मिनेटमा नुनेजले लिभरपुललाई अग्रता दिलाएका थिए ।

७० औँ मिनेटमा जोटाले दोस्रो गोल गरे भने ९ मिनेटपछि उनले अर्को गोल थपे । इन्जुरी समयमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जीत दिलाए ।

२१ खेलपछि लिभरपुलको ४८ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । सिटीको ४३ अङ्क रहेको छ ।

Logo