जिरोना ला-लिगा फुटबलको शीर्ष स्थानमा

जिरोना ला-लिगा फुटबलको शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- स्पेनिस ला-लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सेभियामाथि ५–१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो। केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो।

जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए। दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो। इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए। तर, १३ औँ मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे।

१५ औँ मिनेटमा अर्टिमले दोस्रो तथा १९ औँ मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३-१ ले अघि बढेको थियो। अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए। ५६ औँ मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४-१ ले अघि बढेको थियो भने ८९ औँ मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५-१ को शानदार जित दिलाए।

जितसँगै शीर्ष स्थानमा फर्किएको जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ। पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औँ स्थानमा छ। यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ। तर उसले एक खेल कम पनि खेलेको छ।

Logo