पीएम कपमा आज तीन खेल हुँदै

पीएम कपमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।

आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मीबीच खेल हुँदै छ। त्यस्तै अर्को खेल टियु मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुँदैछ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले आफ्ना ६-६ खेलमा ८-८ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ। त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफको ४-४ खेलमा ४-४ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन्।

त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

Logo