आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । जारी एसियन कप अन्तर्गत समूह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन्। गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन्।

ताजकिस्तानले लेबनानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कतारले चीनलाई १-० गोलले पराजित गएको थियो। यो जितपछि कतार समूह ए मा ३ खेलमा ९ अंकसहित पहिलो हुँदै राउण्ड १६ मा पुगेको छ भने ताजकिस्तान ३ खेलमा ४ अंकसहित दोस्रो हुँदै राउण्ड १६ मा पुगेको छ। पहिलो पटक एशियन कप खेलिरहेको ताजकिस्तान राउण्ड १६ मा पुगेको छ।

समूह ए मा चीनको ३ खेलमा २ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ। चीन तेस्रो स्थानमा रहेका देशहरुमा शिर्ष चारमा परेमा दोस्रो राउण्डमा छानिनेछ। यसको टुंगो समूह चरणका सबै खेलपछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अंक रहेको लेबनानको एशिया कपको यात्रा भने टुंगिएको छ।

Logo