अफ्रिकन कपबाट बाहिरियो घाना

अफ्रिकन कपबाट बाहिरियो घाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ। गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २-२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो।

समूह बी मा रहेको घाना यो बराबरीपछि ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ र प्रतियोगिताबाट बाहिरिएको हो । चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा कप भेर्ड़ेसँग २-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो।

अफ्रिकन कपमा समुह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्ड़े र इजिप्ट दोस्रो चरणमा पुगेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका शिर्ष चार देश दोस्रो चरणमा पुग्ने छन्। आयोजक आइभरी कोष्ट सकुह ए बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना रहेको छ। त्यस्तै समूह ए बाट गिनी बिसाउ तथा समूह बी बाट घाना र मोजम्बेक प्रतियोगिताबाट बाहिरिएका छन्।

Logo