इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल

इलाम गोल्डकपः आज अन्तिम क्वार्टरफाइनल खेल

केन्द्रबिन्दु
0
Shares

विराटनगर । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल हुँदैछ। प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युवा क्लब र बुटबलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दैछन्।

यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरिसकेको छ। यस्तै, झापाको बिर्तामोड युनाइटेड एफसी र आयोजक रेडहर्स सेमिफाइनलमा पुगिसकेका छन्।

आजको विजेताले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ। आयोजक र एनआरटीको सेमिफाइनल भिडन्त भोलि हुनेछ। माघ १३ गते हुने फाइनलको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ।

नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन्। यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन्।

यस्तै, उपबिजेताले तीन लाख रुपैयाँ पाउने जनाइएको छ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

Logo