यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दाेस्रो जित

यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दाेस्रो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाललाई पराजित गरेको दक्षिण अफ्रिकाले मंगलबार आफ्नो देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो।

अफगानिस्तान भने लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो । अंक गणितका हिसावले न्युजिल्याण्डको जितले नेपाललाई भने फाइदानै पुगेको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २१.३ ओभरमा सवै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो । अफगानिस्तानका जमसेद जर्दानल सर्वाधिक २२ रन बनाउँदा अरब गुलले १० रन जोडे।

न्युजिल्याण्डका म्याट रोवेले सर्वाधिक ५ विकेट लिए । यसैगरी एडवाल्ड सेरुडर र रियान टसरगसले दुई दुई विकेट लिए। ओस्कार ज्याकसनको नाउँमा १ विकेट रह्यो ।९२ रनको झिनो लक्ष्य पच्छयाएको न्युजिल्याण्डले बल्लतल्ल खेल जितेको हो। न्युजिल्याण्डले लक्ष्य पूरा गर्न २८.२ ओभरमा ९ विकेट खर्चिएको थियो।

न्युजिल्याण्डका कप्तान ओसकार ज्याक्स्नले सर्वाधिक २६ रन बनाउँदा लेचलन स्टेकपोलले १२ रन जोडेका थिए।
रोवि फल्क्सले ८ रन बनाउँदा साम क्लोडले ७ रन बनाए। ज्याक कुमिङ र एडवाल्ड सरुडेर पाँच पाँच रनमा आउट हुँदा म्यान रोवे ५ रनमा नटआउट रहँदै खेल जिताए। अफगानिस्तानका एएम गजनफरले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमद र अरब गुलले दुई दुई विकेट लिए ।

Logo