एएफसी एसिया कपः भारत समूह चरणबाटै बाहिरियो

एएफसी एसिया कपः भारत समूह चरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १–० गोल अन्तरले स्तब्ध भएको थियो। ७६ औँ मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए।

सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अंक जोड्न सफल भयो। यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६मा प्रवेश गरे। भारतलाई पराजित गरेको सिरिया ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ।

Logo