पिएम कप: आज तीन खेल हुँदै

पिएम कप: आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुँदैछ।

त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदैछ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८अंकसहित शिर्ष स्थानमा रहेको छ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेशले आफ्ना ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलमा ६ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ। त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ।

त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौं स्थानमा छ। त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ७ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

Logo