पीएम कपमा पुलिस क्लबको लगातार पाँचौं जित

पीएम कपमा पुलिस क्लबको लगातार पाँचौं जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ। बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लागतार पाँचौं जित हासिल गरेको हो।

यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछ्याएकाे पुलिस क्लबले १८.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिङ गर्दै २४ ओभरमा अल आउट हुँदै ९६ रन मात्र बनाएको थियो।

मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए। यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्बाधिक ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट लिएका थिए। यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ।

त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ। मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ। अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्नेछ भने मधेश प्रदेशले बिहीबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्नेछ।

Logo