पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झड्का, अर्जुन कुमाल आउट

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झड्का, अर्जुन कुमाल आउट

केन्द्रबिन्दु
0
Shares

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका हुन् । उनी चौथो ओभरको दोस्रो बलमा अहमद हुसैनको बलमा आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी आज भने सस्तैमा समेटिन पुगे । यसले नेपाललाई झन् दबाब बढेको छ । हाल नेपाल ओभरमा ५ ओभरको एक विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

Logo