पाकिस्तानविरुद्ध नेपालको लगातार विकेट पतन, आकाश पनि आउट

पाकिस्तानविरुद्ध नेपालको लगातार विकेट पतन, आकाश पनि आउट

केन्द्रबिन्दु
0
Shares

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको लगातार विकेट पतन भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि दोस्रो विकेटको रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भएका हुन् । १० बल खेलेका उनी एक चौका प्रहार गर्दै ६ रनमै समेटिए । छैटौं ओभरको पाँचौ बलमा उनलाई पाकिस्तानका अहमद हुसैनले क्याच आउट गराएका हुन् ।

हाल नेपालले २ विकेटको क्षतिमा ४८ रन बनाएको छ ।

यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका थिए । उनी चौथो ओभरको दोस्रो बलमा हुसैनबाट नै आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी आज भने सस्तैमा समेटिन पुगे ।

Logo