सुदूरपश्चिम प्रदेशको फराकिलो जित

सुदूरपश्चिम प्रदेशको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा कोशी प्रदेशलाई ८ विकेटले गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको हो । कोशी प्रदेशको लगातार आठौं हार हो ।

कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ३२ ओभरमा सवै विकेट गुमाएर १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिम प्रदेशले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।

पहिले ब्याटिङ गर्दा कोशीका मिनास थापाल २६ रन बनाउँदा कप्तान अंकित सुवेदीले २२ रन जोडे । यसैगरी कमल खत्रीले १८ तथा फिर्दोश अन्सारीले १३ रन बनाए । सुदूरपश्चिम प्रदेशका शेर मल्लले ५ तथा विकास अग्रीले ४ विकेट लिए ।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जिताउन नरेन भट्टले नटआउट ५४ रनको अर्धशतकीय पारि खेल्दा प्रकाश पाण्डेले नटआउट ३४ रनको योगदान गरे । कप्तान राजु रिजाल २१ तथा खडक बोहोरा ९ रनमा आउट भएका थिए । कोशीका फिर्दोश अन्सारीले दुवै विकेट लिए ।

Logo