पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन, कप्तान खनाल आउट

पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन, कप्तान खनाल आउट

केन्द्रबिन्दु
0
Shares

आइसीसी यु–१९ विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले कप्तान देव खनाललाई गुमाएको हो । उनी २३ रन बनाएर आउट भए । १७औं ओभरको पहिलो बलमा उनी अली अस्फन्दको बलमा क्याच आउट हुन पुगे । ३७ बल खेलेका उनले ३ चौकाको मदतमा २३ रन मात्रै जोडे । उनले न्यूजिल्यान्डविरुद्ध पनि जमेर प्रदर्शन गर्न सकेका थिएनन् ।

हाल नेपालले ३ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ ।

यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका थिए । उनी चौथो ओभरको दोस्रो बलमा अहमद हुसैनबाट आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी पनि आज भने सस्तैमा समेटिन पुगे । त्यस्तै, दोस्रो विकेटको रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । १० बल खेलेका उनी एक चौका प्रहार गर्दै ६ रनमै समेटिए । उनलाई पाकिस्तानका हुसैनले नै क्याच आउट गराए ।

Logo