पाकिस्तानविरुद्ध दबाबमा नेपाल, उत्तम रानामगर सस्तैमा समेटिए

पाकिस्तानविरुद्ध दबाबमा नेपाल, उत्तम रानामगर सस्तैमा समेटिए

केन्द्रबिन्दु
0
Shares

आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा उत्तम रानामगरलाई ४ रनमै गुमाएको हो । यसअघिको पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध पनि उनले खेल्न सकेका थिएनन् । उनलाई २०औं ओभरको अन्तिम बलमा अरफत मिन्हासले क्याच आउट गराएका हुन् ।

यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदै आउट भएका थिए । उनी चौथो ओभरको दोस्रो बलमा अहमद हुसैनबाट आउट हुन पुगेका हुन् । १२ बल खेलेका उनले मात्र ६ रन जोडे । यसअघि न्यूजिल्यान्डविरुद्ध ९० रनको सानदार इनिङ खेलेका उनी पनि आज भने सस्तैमा समेटिन पुगे । त्यस्तै, दोस्रो विकेटको रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । १० बल खेलेका उनी एक चौका प्रहार गर्दै ६ रनमै समेटिए । उनलाई पाकिस्तानका हुसैनले नै क्याच आउट गराए ।

साथै नेपालले कप्तान देव खनाललाई पनि सस्तैमा गुमायो । उनी २३ रन बनाएर आउट भए । १७औं ओभरको पहिलो बलमा उनी अली अस्फन्दको बलमा क्याच आउट हुन पुगे । ३७ बल खेलेका उनले ३ चौकाको मदतमा २३ रन मात्रै जोडे । उनले न्यूजिल्यान्डविरुद्ध पनि जमेर प्रदर्शन गर्न सकेका थिएनन् ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

Logo