यू-१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

यू-१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आईसीसी यू-१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ।

बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७.४ ओभरमा भेटायो।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो। अब शुक्रबार नेपालले अर्को खेल अफ्गानीस्थानसँग खेल्नेछ।

Logo