अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को-को पुगे ?

अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को-को पुगे ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पूरा भएको छ। गएराती समूह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो।

जसमा समूह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समुह बी बाट केप भर्डे र इजिप्ट, समूह सी बाट सेनेगल र क्यामरुन, समूह डी बाट एंगोला र बुर्किना फासो, समूह ई बाट माली र दक्षिण अफ्रिका, समुह एफबाट मोरक्को र डिआर कंगो राउण्ड १६ मा पुगेका छन्।

त्यसैगरीसबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरुबाट शिर्ष चारमा रहेका टिमहरु समूह ए को आइभरी कोष्ट, समुह सी को गिनी, समूह डी को मारुतानिया र समूह ई को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन्।

अब राउण्ड १६ मा नाइजेरियाले क्यामरुनको सामना गर्ने छ भने एंगोलाले नामिबियाको सामना गर्ने भएको छ। त्यसैगरी केप भर्डेले मारुतानियाको सामना गर्ने छ भने मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

त्यस्तै मालीले बुर्किना फासोको सामना गर्ने छ भने सेनेगलले आइभरी कोष्टको सामना गर्नेछ। त्यसैगरी इजिप्टले डिआर कंगोको सामना गर्ने छ भने इक्वेटोरियल गिनीले गिनीको सामना गर्नेछ। राउण्ड १६ का खेलहरु जनवरी २७, २८, २९ र ३० मा हुने छन्।

Logo