मकवानपुरमा प्रथम ल्होछार कप फुटबल हुने

मकवानपुरमा प्रथम ल्होछार कप फुटबल हुने

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसर पारेर ‘प्रथम ल्होछार कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता माघ २० गतेदेखि २७ गतेसम्म मकवानपुरको गढ सहिद स्मृति खेल मैदानमा आयोजना हुनेछ । नाङसाल युवा क्लबको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ३ वडा कार्यलयको प्रायोजनमा हुन लागेको पहिलो ल्होछार कप खुला फुटबल प्रतियोगिता तामाङ भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बताए ।

आयोजक नाङ्साल युवा क्लवलेसुचना जारी गर्दै समूह दर्ताको लागि आह्वान गरेको छ । समूह दर्ता शुल्क पाँच हजार लाग्ने छ भने दर्ता मिति माघ १६ गतेसम्म रहने जानकारी गराएको हो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कारसँगै पहिलो ल्होछार कप पाउने आयोजकले जानकारी गराएको छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछ । आयोजकले माघ १८ गते खेल तालिका सार्वजनिक गर्ने जनाएको छ ।

विगत भन्दा फरक तरिकाले ल्होसार पर्वलाई मनाउने हेतु प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष लामाले बताए ।

Logo