आहा-रारा पोखरा गोल्ड कपः आज पुलिस र एपीएफ भिड्दै

आहा-रारा पोखरा गोल्ड कपः आज पुलिस र एपीएफ भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । २३ औँ संस्करणको आहा-रारा पोखरा गोल्ड कपमा आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित प्रतियोगितामा पुलिस क्लब र एपीएफ क्लबीच दिउँसो साढे २ बजे पोखरा रंगशालामा प्रतिस्पर्धा हुने भएको हो ।

नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लिगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिम गरी १२ टिमको सहभागिता छ ।

आजको खेलबाट विजेता बन्ने पुलिस वा एपीएफमध्येको एक टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

गत मंगलबारदेखि पोखरा रंगशालामा चलिरहेको यस संस्करणको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Logo