नेपालले अफगानिस्तानविरुद्ध टस हार्यो, यस्तो छ प्लेइङ ११

नेपालले अफगानिस्तानविरुद्ध टस हार्यो, यस्तो छ प्लेइङ ११

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङको निम्तो पाएको छ ।

अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने निम्तो पाएको हो । नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । विकेटकिपर उत्तम राना महर र तिव्र बाटिका बलर दुर्गेश गुप्ता टोलीबाट बाहिर रहेका छन् । उनीहरुको स्थानमा मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेगस्पिनर तिलक भण्डारी टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११-

देव खनाल (कप्तान), अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, दिपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, तिलक भण्डारी ।

Logo