अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, आकाशले लिए तेस्रो विकेट

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, आकाशले लिए तेस्रो विकेट

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

टस हारेर बलिङको निम्तो पाएको नेपालले पाँचौं ओभरको खेल चलिरहँदा अफगानिस्तानको तेस्रो विकेट लिएको छ । पाँचौं ओभरको पाँचौं बलमा नेपालका आकाश चन्दले ओपनर जाम्सिद जार्दनलाई ३ रनमा बोल्ड आउट गरेका हुन् ।

हाल अफगानिस्तान ३ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ ।

पहिलो ओभरको तेस्रो बलमा अलराउण्डर गुलसन झाले विकेट दिलाए का थिए । उनले अफगानिस्तानका ओपनर नुमान शाहलाई गोल्डेन डकआउट गरे । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमै आकाशले नै विकेट लिएका थिए । शाहको स्थानमा आएका खालिद तानिवाल शून्यमै आउट भए ।

Logo