आकाश चन्दको घातक बलिङमा अफगानिस्तान दबाबमा

आकाश चन्दको घातक बलिङमा अफगानिस्तान दबाबमा

केन्द्रबिन्दु
0
Shares

आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरेका छन् ।

टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि आकाश एक्लैले ४ विकेट लिइसकेका छन् । नवौं ओभरको पहिलो बलमा उनले अलि अहमदलाई शून्यमा आउट गरेका हुन् । यो अफगानिस्तानको पाँचौं विकेट पतन हो । यसअघि सातौं ओभरको अन्तिम बलमा सोहेल खान जुर्मातीलाई ४ रनमा क्याच आउट गराएका थिए । हाल अफगानिस्तानले ४ विकेट क्षतिमा ३० रन बनाएको छ ।

यसअघि पाँचौं ओभरको पाँचौं बलमा नेपालका आकाशले नै ओपनर जाम्सिद जार्दनलाई ३ रनमा बोल्ड आउट गरे । त्यसअघि पहिलो ओभरको तेस्रो बलमा अलराउण्डर गुलसन झाले विकेट दिलाएका थिए । उनले अफगानिस्तानका ओपनर नुमान शाहलाई गोल्डेन डकआउट गरे । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमै आकाशले नै विकेट लिएका थिए । शाहको स्थानमा आएका खालिद तानिवाल शून्यमै आउट भए ।

Logo