पुलिसको लगातार छैटौं जित

पुलिसको लगातार छैटौं जित

केन्द्रबिन्दु
0
Shares

नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो ।

कर्णाली प्रदेशले दिएको १७२ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । पुलिसको जितमा दिलिप नाथले अविजित ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले ४३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्बाधिक ५० रन बनाएका थिए ।

लामो समयपछि कम ब्याक गरेका बलर ललित भण्डारीले यस खेलमा २ विकेट लिएका थिए ।

यो जितपछि नेपाल पुलिस क्लबले ६ खेलमा अपराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै कर्णालीको भने ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

Logo