अफगानिस्तानविरुद्ध पावर प्लेमा नेपालका भरपर्दा ब्याटर नै टिकेनन्

अफगानिस्तानविरुद्ध पावर प्लेमा नेपालका भरपर्दा ब्याटर नै टिकेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले कमजोर ब्याटिङ सुरुवात गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा जारी खेलको पहिलो १० ओभरको पावर प्लेमा नेपालले तीन व्याटरलाई सस्तैमा गुमाएको हो । चौथोओभरको दोस्रो बलमा नेपालले भरपर्दा ब्याटर ओपनर अर्जुन कुमाललाई गुमायो । तीव्र गतिका बलर फरिदूनले उनलाई १० रनमा बोल्ड आउट गरे । त्यसपछि छैटौं ओभरको तेस्रो बलमा नेपालका अलराउण्डर गुलसन झा सस्तैमा समेटिए । १२ बल खेलेका उनी एक रनमै बोल्ड आउट भए ।

त्यस्तै, यसअघि पाकिस्तानसँगको खेलमा राम्रो प्रदर्शन गरेका ओपनर विपिन रावल पनि २ रनमै पवेलियन फर्किए । उनलाई आठौं ओभरको पहिलो बलमा खलिल अहमदले आउट गरेका हुन् । हाल क्रिजमा कप्तान देव खनाल र आकाश त्रिपाठी रहेका छन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन जोडेको थियाे । अफगानिस्तानका लागि आठौं नंबरमा ब्याटिङमा आएका मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन जोडे । एक समय ४३(६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले आक्रामक क्रिकेट खेलेका थिए । त्यसपछि कप्तान नासिर खान र फारिदूनले साझेदारी बढाएका थिए । । ८८ रन बनाउँदा नै ८ विकेट गुमाइसकेको अफगानिस्तानका लागि १३७ रनसम्म साझेदारी गरेका थिए । सो क्रममा कप्तान खानले ३१ रन तथा फारिदूनले २९ रन जोडे ।

त्यसअघि नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमै ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले अफगानिस्तानको पाँच विकेट लिए । उनको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल शून्यमा क्याच आउट भए । त्यसपछि जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट पूरा गरे ।

आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ ।

Logo