अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपको सुपर सिक्समा

अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपको सुपर सिक्समा

नेपालले अब भारत र बंगलादेशसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कप्तान देव खनाल र तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेको छ ।

अफगानिस्तानले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले ४४.४ ओभरमा ९  विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । उनले ८९ बल खेल्दै ७ चौकाको मद्दतले ५८ रन बनाएका हुन् । खराव सुरुवात गरेको नेपालका लागि उनको यो इनिङ निकै महत्त्वपूर्ण रह्यो । त्यसअघि अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न बलिङमा तीव्र गतिका बलर आकाश चन्दले ५ विकेट लिएका थिए । यो कुनै पनि नेपाली बलरको लागि कीर्तिमानी हो । अहिलेसम्म नेपाली खेलाडीले यु -१९ विश्वकपमा पाँच विकेट लिन सकेका थिएनन् ।

समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ ।

सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ  ।

Logo