फ्रेन्च लिग वानमा नाइस विजयी

फ्रेन्च लिग वानमा नाइस विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। फ्रेन्च लिग वानमा नाइस विजयी भएको छ । शनिबार राति भएको खेलमा नाइसले मेट्जलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नाइसले ७७ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो। इभान गुसान्डले गरेको प्रहार गोलमा परिणत हुँदा १–० को अग्रता लियो। सोही अग्रता अन्तिमसम्म जोगाउँदै नाइसले ३ अंक लिन सफल भयो।

नाइस फ्रेन्च लिग वानमा ३८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। मेट्ज भने १६ अंकका साथ १५ औं स्थानमा छ। शीर्ष स्थानमा रहेको पीएसजीले १८ खेलबाट ४३ अंक जोडेको छ। यस्तै, शनिबार नै भएको अर्को खेलमा मार्सेली र मोनाकोले २–२ गोलको बाराबरी खेलेका छन् । मोनाको ९ खेलाडीमा झरेको थियो।

७ औं मिनेटमा विसम वेन एडरले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। ११ औं मिनेटमा गुलिरिमो मरिपान रातो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटियो। ३८ औं मिनेटमा मार्सेलीले बराबरी गोल फर्काएको थियो। पेरे एमरिकले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोनाकोका लागि म्यागनेस एक्लीओचले गोल गर्दै २–१ को अग्रता दिलाए।
५० औं मिनेटमा लियोनार्दो बेलर्डी रोसाले मार्सेलीका लागि बराबरी गोल गरे।

८६ औं डेनिस जकेरिया दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा मोनाको ९ खेलाडीमा झरेको थियो। त्यसपछि दुवैले गोल गर्न नसक्दा एक एक अंकमा चित्त बुझाए। बराबरीले मोनाको ३४ अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मार्सेली २९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।

Logo