नाइजेरिया क्वाटरफाइनलमा प्रवेश

नाइजेरिया क्वाटरफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नाइजेरियाले अफ्रिका कप अफ नेशन्समा अन्तिम ८ मा स्थान पक्का गरेको छ। शनिबार राति भएको खेलमा क्यामरुनमाथि २–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।

नाइजेरियाको जितमा एडमोला लोकमानले दुवै गोल गरे। ३६ औं मिनेटमा जेम्स ओसिमहेनको पासमा एडमोलाले गोल गर्दै नाइजेरियालाई अग्रता दिलाए ।

९० औं मिनेटमा काल्भिन बेसेको पासमा एडमोलाले नै व्यक्तिगत दोस्रो गोल गर्दै नाइजेरियालाई २–० को जित दिलाउन सफल भए । नाइजेरिया समूह एबाट उप विजेता बन्दै अन्तिम १६ मा पुग्दा क्यामरुन समूह सीबाट अन्तिम १६ मा पुगेको थियो।

Logo