विनोद भण्डारीको शतकमा आर्मीकाे फराकिलाे जित

विनोद भण्डारीको शतकमा आर्मीकाे फराकिलाे जित

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ ।

टीयु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो । यसअघि आर्मीले पहिला ब्याटिङ गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो ।

यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मी ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो । त्यसैगरी कर्णालीले भने पाँचौं हार व्यहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

Logo