राखेपको मिसन २०२६ः एसियाली खेलकुद विशेष प्रशिक्षणकाे घोषणा

राखेपको मिसन २०२६ः एसियाली खेलकुद विशेष प्रशिक्षणकाे घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २०औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २०औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।

परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने,‘संयुक्त राष्ट्रिय संघहरुले निकै मेहेनत गर्नुभएको छ । आफ्ना खेलाडीहरु छनोट, प्रशिक्षकहरु छनोट र कोको बन्द प्रशिक्षणमा रहन्छन् भन्ने नाम आइसकेको छ । हामीले भोलि (सोमबार)बाट नै औपचारिकरूपले सुरु गर्न लागेका छौं । अब हामी औपचारिक रुपले मिसन २०२६ लाई लगेका छौं ।’

मिसन–२०२६ मा २० औं एसियाली खेलकुद र पाँचौ पारा एसियन खेलकुदलाई राखेपले समान प्राथमिकता दिने पनि उनले बताए । विगतलाई धेरै कोट्याएर बसेर समय बर्बाद गर्नुभन्दा वर्तमानमा रहेको भूमिका गम्भीरतापूर्वक पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

Logo