लुम्बिनीमाथि मधेश प्रदेशकाे विजयी

लुम्बिनीमाथि मधेश प्रदेशकाे विजयी

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुँदै १६० रन बनाएको हो । यसअघि मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै ४१.३ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।

यो जितपछि मधेश प्रदेश ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । मधेश प्रदेशका सबै खेल सकिएका छन् र मधेश प्रदेश फाइनल खेल्न भने असफल भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशले भने छैटौं हार बेहोरेको छ । ७ खेलमा एक जितसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।

Logo