दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो पीएसजी

दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो पीएसजी

केन्द्रबिन्दु
0
Shares

पेरिस । दुई गोलको अग्रता गुमाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ । लिग वान अन्तरगतको खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो।

मार्को असेन्सियो र रान्डाल कोलो मुआनीको गोलको मद्दतले लुइस एनरिकेको टोलीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा महदी कामारा र म्याथियस परेराले गोल गर्दै ब्रेस्टका लागि एक अङ्क बटुले।

उता पीएसजीका फरवार्ड ब्राड्ली बारकोलाले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए। बराबरीका बाबजुद टोलीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ। १९ खेलबाट पीएसजीको ४४ अङ्क रहेको छ। शनिबार मेट्जलाई हराएको निस ३८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

Logo