जिरोना ला लिगाको शीर्ष स्थानमा

जिरोना ला लिगाको शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। सेल्टा भिगोलाई हराउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा जिरोनाले सेल्टामाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो।

क्रिस्टियन पोर्टुले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो। यो सिजन क्लबका लागि उनको यो तेस्रो गोल थियो।

शनिबार लास पालमासलाई २–१ गोलले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो। जीतपछि जिरोनाले रियललाई एक अङ्कले उछिन्न सफल भएको छ। यद्यपि टोलीले एक खेल बढी खेलेको छ।

Logo