ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश

ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। ताजकिस्तान एएफसी एशिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा ताजकिस्तानले युएईलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेकाे हाे।

जितसँगै ताजकिस्तानले अन्तिम ८ मा स्थान पक्का गरेको छ। निर्धारित समय एक एक गोलेको बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयबाट पनि नतिजा निस्किएन। अन्ततः पेनाल्टी सुटआउटमा ताजकिस्तान ५–३ ले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

निर्धारित समयको ३० औँ मिनेटमा ताजकिस्तानले वाहदत हनोनोवले जोइब जुराबोवको पासमा गोल गरेपछि अग्रता लिएको थियो । १ गोलले जित नजिक रहेको अवस्थामा युएईले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा खलिफा अल हमादीले अलि सलेहको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए।

त्यसपछि थप गरिएको ३० मिनेटमा दुबै टोलीबाट गोल ननिस्कएपछि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो।
जसमा ताजकिस्तानका पाँचै जनाले गोल गर्दा युएईका ३ जना मात्र सफल भएका थिए। ताजकिस्तानका अख्तम नजरोव, वाहदत हनोनोव, एहसन पंजशावे, रुस्तम सोइरोव र अलीशेर शुकरोव सवैले गरेको प्रहार गोलमा परिणत भएको थियो।

उता, युएईका अब्दुल्ला इदरीस, फाबियो लिमा र अली सालेहले गोल गर्दा काइओ क्यानेडोको प्रहार विफल भएपछि युएई प्रतियोगिताबाटै बाहिर हुन पुग्यो। यसअघि आइतबारको खेलमा विजयी हुँदै अस्ट्रेलियाले पनि अन्तिम ८ मा स्थान पक्का गरिसकेको छ।

Logo