अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने

अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११ औँ एनसिएएसए अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउण्डमा हुनेछ।

प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहनेकार्यक्रम संयोजक उत्सव देवकोटाले जानकारी दिए।क्यान,आइसिएआइ,एसिसिएका सदस्य साथै विद्यार्थीले उक्त प्रतियोगितामा भाग लिन पाउने छन्।

प्रतियोगितामा पाँच हजार बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ। २५ हजार प्रवेश शुल्क राखिएको प्रतियोगितामा विजेतालाई एकलाख रुपैयाँ र उपविजेतालाई ५० हजार नगद साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सर्वाधिक रन स्कोरर,सर्वाधिक विकेट टेकर र प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पनि प्रदान गरिनेछ।टिमप्रवेशका लागि माघ १५ गते भित्र रजिस्ट्रेसन फारम भरिसक्नुपर्ने छ।

Logo