आहा रारा गोल्डकपः मनाङ-मर्स्याङ्दी र जावलाखेल भिड्दै

आहा रारा गोल्डकपः मनाङ-मर्स्याङ्दी र जावलाखेल भिड्दै

केन्द्रबिन्दु
0
Shares

गण्डकी। पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकप अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ-मर्स्याङ्दी र जावलाखेल युथ क्लब आमनसामने हुँदैछन्। पोखरा रङ्गशालामा आज दिउँसो २ः३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २-० गोलले हराउँदै थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता सङ्कटा क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो।

आर्मी क्लब, मङ्गलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनलका लागि खेल्नेछ।प्रतियोगिताका विजेताले रू १२ लाख एक हजार र उपविजेताले रू छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए।

Logo