प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबको सातौं जित, गण्डकी ६ विकेटले स्तब्ध

प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबको सातौं जित, गण्डकी ६ विकेटले स्तब्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ । समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले स्तब्ध बनाएको छ । गण्डकी प्रदेशको भने यो छैटौं हार हो ।

गण्डकीले पहिला ब्याटिङ गर्दै ३८.३ ओभरमा सवै विकेट गुमाएर १७० रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारि ५० रनको खेल्दा कमल परियार र करण पँगेनीले ३०–३० तथा समीर कँडेलले २९ रन बनाए ।

पुलिसका रसिद खानले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र करण केसीले दुई दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । १७१ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो ।

पुलिसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय पारि खेल्दा अर्जुन साउदले नटआउट ४४ न बनाए । यसैगरी आरिफ शेख पनि नटआउट २७ रनमा फर्किदा, कुशल भुर्तेलको ब्याटबाट २२ रन बन्यो । शंकर राना भने १२ रनमा आउट भएका थिए ।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिँदा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए ।

Logo