तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताकाे उपाधि साजन र सृजनालाई

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिताकाे उपाधि साजन र सृजनालाई

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) को आयोजना सम्पन्न भएकाे छ । उक्त प्रतियोगितामा पुरुषतर्फ साजन लामा प्रथम भएका छन् भने महिलातर्फ सृजना तामाङ प्रथम भएकी छन् ।

बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता भएको थियो । पुरुष–३८ र महिला–२० जनाको प्रतियोगितामा सहभागीता रहेको थियो ।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा पुरुषतर्फ दिपन गुरुङ, विजय सुनार र दोस्रो र तेस्रो स्थानमा महिलातर्फ प्रेना राई, याङ्ला भाेटेले विजेता हासिल गरे ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा र सन् १९५३ का सगरमाथा आरोहणको टोलीको सदस्य कान्छा शेर्पाले गरेका हुन् । साथै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव टंकलाल घिसिङको हातबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिएको थियाे ।

विजेताले अन्नपूर्ण भ्यू होटल सराङकोटमा एक रात बस्न पाउने छन् ।

युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाले युएस नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए । उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जली पनि हो ।’

यो प्रतियोगिताले आरोहण क्षेत्रमा रुची राख्नेहरुलाई अझ प्रोत्सान गर्ने युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका संस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले बताए । अमेरिकामा पनि टप रोप इडिशनको आयोजना गर्दै आएकोले यसपटक आफ्नै देशमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनसँग मिलेर उक्त प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पाको नाम दिएर आयोजना गरेका उनको भनाइ छ ।

साथै युएस नेपाल क्लाइम्बर्स एशाेसिएशनका कोषाध्यक्ष लाक्पा नुरु शेर्पाले आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेकाे बताए ।

Logo