यू-१९ विश्वकपः सुपर सिक्समा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

यू-१९ विश्वकपः सुपर सिक्समा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १-४५ बजे हुनेछ ।

नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचमा हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ ।

नेपाल सुपर सिक्समा २ खेलमा अंकविहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू–१९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियाे ।

Logo