बंगलादेशविरुद्ध टस जितेर ब्याटिङमा उत्रियो नेपाल

बंगलादेशविरुद्ध टस जितेर ब्याटिङमा उत्रियो नेपाल

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा जारी दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत  ‘सुपर सिक्स’ काे पहिलाे खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले बलियो प्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्न लागेको हो ।

नेपालले आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ भने तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेन्चमा राखेको छ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरीसकेको छ । त्यसकारण पनि बिना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचमा छ ।

मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै, न्यूजिल्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शून्य अंक रहेको छ ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो ।

Logo